Main Menu

AGM

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको

प्रथम वार्षिक साधारण सभा सम्पन्न

पुस १२, कोहलपुर ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा कोहलपुरमा एक भव्य कार्यक्रमका बीच सुसम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री काली प्रसाद चौधरीज्यूको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालक समितिका सबै सदस्यहरु, कार्यकारी निर्देशक डा. समुद्घाटन गर्नुहुँदै अध्यक्ष केपी चौधरीगोपाल दहित, चार्टर्ड एकाउन्टेन्ट विश्वराम भण्डारी र संस्थापक शेयरधनी सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष श्री काली प्रसाद चौधरीज्यूले पानसमा बत्ती बालेर सभाको समुद्घाटन गर्नु भएको थियो । सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/०७७ कोलागि लेखा परीक्षकको नियुक्ति, आगामी कार्ययोजना प्रस्तुत भई सबै प्रस्तावहरु सर्वसम्मतिले पारित भयो । संस्थापक शेयरधनीहरुले राखेका जिज्ञासालाई सभाध्यक्ष श्री काली प्रसाद चौधरी र कार्यकारी निर्देशक डा.गोपाल दहित ज्यूले सहज रुपमा स्पष्ट पार्नु भएको थियो । दश जिल्ला कार्यक्षेत्र रहेको यस वित्तीय संस्थालाई छिट्टै राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउने र ग्राहक मैत्री लघुवित्त सेवा विस्तार गर्ने योजनाका साथ पहिलो साधारण सभा सम्पन्न भएको छ । यस सभामा ९३ प्रतिशत शेयर संख्याको उपस्थिति रहेको थियो ।

अतिथिहरुलाइ स्वागत गर्दै अतिथिहरुबाट नाम दर्ता हुँदै,सहभागी शेयरधनी सदस्यहरुस‌ंचालक समितिआर्थिक प्रतिवेदन पेश गर्नुहुँदै कार्यकारी निर्देशक डा गोपाल दहित