Main Menu

News

केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न (New)

केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्ष २०७५/२०७६ को केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माउ संस्था युनिक नेपालका अध्यक्ष श्री प्रिमबहादुर थारुको प्रमुख आतिथ्य तथा वित्तीय संस्थाका कार्यकारी निर्देशक डा.गोपाल दहितज्युको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा उपस्थित केन्द्र प्रमुख तथा उपप्रमुखहरुको ग्राहक सन्तुष्टि सर्भेक्षण फारम,वित्तीय संस्थावाट प्रदान गरिने सेवा सुविधा, नीति नियम,कर्जा वचत सेवावाट सदस्यहरुमा आएकोे परिवर्तन र प्रभाव बारेमा सुझाव संकलन गरिएको थियो । साथै कार्यक्रममा वहु बैंकिङ्ग कर्जा भार विषयमा समेत छलफल गराईएको थियो भने सम्पूर्ण केन्द्र प्रमुख तथा उप–प्रमुखहरुवाट “स्वच्छ लघुवित्त हाम्रो अभियान”को मूलमर्मका साथ ६ बुंदे सकल्प प्रस्ताव पारित गरिएको थियो ।संस्थाको अन्तरक्रिया कार्यक्रम जम्मा ३६ वटा शाखा मध्ये बाँके जिल्लाका सातवटा शाखामा सम्पन्न भएको छ ।

Back to News