Main Menu

News

केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न (2077)

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हरेक वर्ष केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम गर्ने गर्दछ । यस वर्षको केन्द्र प्रमुख तथा उप–प्रमुख अन्तरक्रिया कार्यक्रम कोहलपुर शाखा, बाँकेबाट मिति २०७७/१२/४ गते देखी शुरुवात गरी अन्तिममा राजापुर शाखा कार्यालय, बर्दियामा भएको २०७७/१२/२७ गतेको कार्यक्रम सँगै सम्पन्न गरेको छ । यस अवधिमा बाँके, बर्दिया, कैलाली, कञ्चनपपुर, दाङ र कपिलवस्तु जिल्लाका ३८ वटा शाखामा कार्यक्रम सम्पन्न गरियो ।  कार्यक्रममा ३८ वटा शाखाका ४१९४ केन्द्र मध्ये करिब ४३५० जना केन्द्र प्रमुख उपप्रमुख तथा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले केन्द्र बैठक सञ्चालन गर्दा, ब्यवसायिक काम कारोबार गर्दा, कोभिड १९ महामारीसित जुध्दै केन्द्र व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्दा आफूहरुले भोगेका तथा प्राप्त गरेका अनुभव र सिकेका राम्रा पक्ष र आई परेका समस्या र समाधानका उपायका बारेमा अनुभव आदान प्रदान गर्नु भयो । सोही अवसरमा सहभागीहरुले यस वित्तीय संस्थाको लघुवित्त कार्यक्रमसित सम्बन्धित नीति नियमको बारेमा छलफल गर्नुका साथै आवश्यक सल्लाह सुझाव दिनुभएको

थियो ।

कार्यक्रममा ग्राहक संरक्षण, उजुरी सुनुवाई, डाटा गोपनीयता तथा लघुबीमाको बारेमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो । सोही अवसरमा ग्राहक सन्तुष्टि सर्भेक्षण पनि गरिएको थियो । ग्राहक सन्तुष्टि सर्वेक्षणमा ३८ वटै शाखाका करिब ४३५० जना सेवाग्राही सदस्यहरु सहभागी हुनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा उत्कृष्ट केन्द्र, सफल उद्यमी महिला, उत्कृष्ट केन्द्र प्रमुख र बचतकर्तालाई वित्तीय संस्थाले दोसल्ला ओढाई सम्मान गरिनुको साथै प्रशंसा–पत्र प्रदान गरिएकोे थियो । यसै वर्षबाट सुरुवात गरिएको ग्राहक सन्तति गरिब तथा जेहेन्दार विद्यार्थी क्षत्रवृत्ति कार्यक्रम अनुसार यसै अन्तरक्रिय कार्यक्रमबीच ग्राहक सदस्यहरुका १७७ जना छोराछोरीहरुलाई जनही रु.२०००। का दरले छात्रबृत्ति प्रदान गरिएको थियो ।

              

Back to News