Main Menu

News

युनिक नेपालको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्मपन्न

बैशाख २२/२०८१
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २०८० सालको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सबै ४१ वटै शाखामा सम्पन्न गरेको छ । उक्त कार्यक्रम मिति २०८१ बैशाख ७ गते देखि २१ गते सम्म भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरुलाई वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण गर्नु रहेको थियो । त्यसैगरि केन्द्र प्रमुख तथा उपप्रमुखहरुले केन्द्र बैठक सञ्चालनका क्रममा भोगेका समस्या, अनुभव आदाप्रदान गर्ने, संस्थाको नीति नियममा छलफल गर्ने र सहभागीबाट वित्तीय संस्थालाई आवश्यक सुझाव प्रदान गर्नु रहेको थियो ।
कार्यक्रममा समसायिक विषयवस्तुको बारेमा प्रशिक्षण गरिएको थियो भने हरेक वर्षझैं सहभागीहरुलाई ग्राहक सन्तुष्टि सर्भेक्षणकोलागि फारम भर्न लगाईएको थियो ।
अन्तरक्रिया कार्यक्रममा उत्कृष्ट केन्द्रको रुपमा १४४ जना, सफल उद्यमी महिला ७७ जना, उत्कृष्ट बचतकर्ता ४१ जना, उत्कृष्ट केन्द्र प्रमुखको रुपमा ४१ जना गरी जम्मा ३०३ जनालाई प्रशंसा–पत्र र पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो । सोही क्रममा ग्राहक सदस्यका १३२ जना जेहेन्दार विद्यार्थी छोराछोरीहरुलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा यस वित्तीय संस्थाका अध्यक्ष श्री शिव बहादुर चौधरी, सञ्चालक समिति सदस्य सन्तराम धरकटुवा थारु, पुरन प्रसाद चौधरी, जगतराम चौधरी थारु र बालिका चौधरी सहभागी रहनुभएको थियो । कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी निर्देशक डा.गोपाल दहित लगायत र सेक्सन प्रमुख तथा अधिकृतहरुले प्रशिक्षण गर्नुभएको थियो .

 

Back to News