Main Menu

News

युनिक द्धारा ५०० सदस्यहरुलाई १००० फलफूलको विरुवा वितरण

युनिक वित्तीय संस्थाद्वारा ग्राहक सदस्यहरुलाई फलफूलको विरुवा वितरण

१४ असोज २०८० – बर्दिया
फलफूलको बिरुवा वितरण अभियान अन्तर्गत युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न जातको फलफूलको विरुवा वितरण गरेको छ । मानपुरटपरा बर्दिया, राजापुर बर्दिया, नयाँगाउँ बर्दिया र शान्तिबजार शाखा बर्दिया अन्तर्गतका ५०० जना समूह सदस्यहरुलाई २/२ वटाको दरले १,००० बिरुवा वितरण गरिएको हो । बिरुवा वितरण यही मिति २०८० असोज १३ र १४ गते गरिएको हो ।
आँप, लिची, अम्बा, ड्रागन फ्रुट, कागती आदि जातका फलफूलको बिरुवा शाखागत रुपमा औपचारिक कार्यक्रमको आयोजना गरी वित्तीय संस्थाका कार्यकारी निर्देशक डा।गोपाल दहित तथा अतिथिको रुपमा उपस्थित हुनु भएका जनप्रतिनिधिहरु राजापुर न.पा. वडा नं. ६ का वडाध्यक्ष श्री असराज न्यौपाने, गेरुवा गा.पा. वडा नं. ३ का वडाध्यक्ष श्री निर्मल कुमार चौधरी, यस वित्तीय संस्थाका सञ्चालक सदस्य श्री जगतराम चौधरी, स्थानीय समाजसेवी श्री प्रिम बहादुर थारु तथा मोतीराम थारु लगायतका व्यत्तित्वहरुबाट वितरण गरिएको थियो। बिरुवा वितरण गर्नुभन्दा पहिला फलफूलको जात अनुसार रोप्ने तरिका, स्याहार गर्ने तरिका, गोडमेल गर्ने तरिका लगायतको विधि प्रक्रियाको बारेमा सदस्यहरुलाई सिकाइएको थियो । युनिक वित्तीय संस्थाले आफ्न ग्राहक सदस्यहरुलाई बर्षेनी फलफूलको विरुवा वितरण गर्दै आइरहेको छ ।

Back to News