युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको
छैंठौ वार्षिक साधारण सभा सम्पन्न
पुस १०, कोहलपुर ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको छैंठौं वार्षिक साधारण सभा यही पुस १० गते कोहलपुरमा एक भव्य कार्यक्रमका बीच सुसम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री शिव बहादुर चौधरीज्यूको सभाध्यक्षतामा भएको उक्तकार्यक्रममा सञ्चालक समितिका सबै सदस्यहरु, कार्यकारी निर्देशक डा। गोपाल दहित, चार्टर्ड एकाउन्टेन्ट सिजन बोहरा र संस्थापक शेयरधनी सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष श्री शिव बहादुर चौधरीज्यूले पानसमा बत्ती बालेर सभाको समुद्घाटन गर्नु भएको थियो । सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८१.०८२ कोलागि लेखा परीक्षकको नियुक्ति, आगामी कार्ययोजना प्रस्तुत भई सबै प्रस्तावहरु सर्वसम्मतिले पारित भयो । संस्थापक शेयरधनीहरुले राखेका जिज्ञासालाई सभाध्यक्ष र कार्यकारी निर्देशक ज्यूले सहज रुपमा स्पष्ट पार्नु भएको थियो । दश जिल्ला कार्यक्षेत्र रहेको यस वित्तीय संस्थालाई अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर गर्न सक्ने प्रस्तावलाई पनि सभाले पारित गर्दै छैंठौं साधारण सभा सम्पन्न भएको छ । सभामा ६४.३६ प्रतिशत शेयर संख्याको उपस्थिति रहेको थियो ।