युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको
सातौ वार्षिक साधारण सभा सम्पन्न
फागुन १३, २०८३ कोहलपुर, बाँके ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सातौ वार्षिक साधारण सभा बाँके कोहलपुरमा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८२÷०८३ कोलागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सर्बसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक मनोनयन गरेको अनुमोदन, वित्तीय संस्थाको नियमावली, २०७५ को नियम २९ को व्यवस्था अनुसार सञ्चालक समितिले स्वतन्त्र सञ्चालकमा मनोनयन गरेको अनुमोदनका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ । सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने (Merger) तथा प्राप्ति÷समाहित (Acquisition) गर्ने कार्यकोलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

सभामा शेयर धनीहरु मिनराज चौधरी, डम्बर बहादुर शाह, कृष्ण बहादुर कुँवर, किरन थारु र राज कुमार चौधरीले राखेका जिज्ञासालाई सभाध्यक्ष श्री शिव बहादुर चौधरी, निबर्तमान कार्यकारी निर्देशक डा.गोपाल दहित र कायम मुकायम कार्यकारी प्रमुख हिरा बहादुर आलेले सहज भाषामा स्पष्ट पार्नु भएको थियो । सातौं साधारण सभामा ६३.०६ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । साधारण सभा युनिक वित्तीय संस्थाका अध्यक्ष श्री शिव बहादुर चौधरीज्यूको सभाध्यक्षतामा भएको थियो । हाल युनिक वित्तीय संस्थाको चुक्ता पुँजी रु.१४ करोड ८५ लाख ७५ हजार रहेको छ ।
